४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तुका तीन युवा व्यवसायीद्धारा संचालित व्यवसायले लोकप्रियता बटुल्दै



मायादेवी अनलाइन, वाणगंगा ।

रोजगारीको बिकल्प खोज्दै बैदेशिक रोजगारमा जाने नेपालका युवा पुस्ताको संख्या अझै पनी कायमै छ । तर कतिपय युवा जसले रोजगारीको गन्तव्य खोज्न बैदेशिक रोजगारीमै नगई नेपालमा पनी केही गर्न सकिन्छ है भन्ने गतिलो उदाहरण पेश गरेका छन् । त्यो उदाहरण पेश गर्न सफल भएका छन् कपिलवस्तुका तीन युवा व्यवसायी जो अहिले निकै चर्चामा रहेका छन् ।

उनीहरुले संचालन गरेको साझेदारी ब्यवसाय जय किसान एग्रोको यतिबेला निकै चर्चा भैरहेको छ । ती युवा व्यवसायी हुन जिल्लाको बाणगंगा निवासी टी.आर पाण्डे, दर्शन आचार्य र महेश घिमिरे जसले सुरु गरेको उक्त मेसिनरी मार्ट छोटो समयमै लुम्बिनी प्रदेशमै लोकप्रिय बनेको छ ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १ बैरियामा संचालित जय किसान एग्रो मार्ट एण्ड मेसिनरी पश्चिम नेपालमै लोकप्रिय मेसिनरी मार्ट बन्न पुगेको युवा व्यवासयी टी. आर पाण्डेले बताए ।

कपिलवस्तु जिल्लाका युवा व्यवसायी मिलेर संचालन गरेको जय किसान एग्रो मार्ट एण्ड मेसिनरी आधुनिक कृषि प्रणालीलाई बिकास गर्ने उद्देश्यसहित स्वदेशमै रोजगारी दिने उद्देश्यले संचालन गरिएको अर्का संचालक दर्शन आचार्य बताउँछन् ।

उनीहरुले नेपालको पश्चिमी क्षेत्रमा कृषि क्षेत्रका सबै उपकरण एकै ठाउँमा पाइने उद्देश्यले र कृषकहरुलाई सहजता पु¥याउनको लागि आफुहरुले काम गर्दै आएको बताउँछन् । उनीहरुले आफूहरुले सरल र सहज रुपमा कृषकको घरघरमा आधुनिक कृषि मेसिनले कृषकहरुलाई धेरै फाइदा पुगेको प्रतिक्रिया दिदैं कृषकको खुसी नै आफ्नो खुसी भएको बताए ।

प्रकाशित मिति : १७ पुस २०७८ शनिबार ००:००  १ : १५ बजे