१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

एमाले अधिवेशनः कपिलवस्तुमा ६०० प्रतिनिधि सर्वसम्मत छनौट



कपिलवस्तु ।

आउदो पुस २३ मा हुने नेकपा एमालेको नवौं जिल्ला अधिबेशनका लागि शनिवार जिल्लाभर करिव ६०० प्रतिनिधी सर्वसम्मत चयन भएका छन ।

जिल्लाका वाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, कृष्णननगर नगरपालिका, कपिलवस्तु नगरपालिका, विजयनगर गाउँपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिकाका सबै वडाहरुमा सबै समुदायबाट प्रतिनिधित्व हुने गरि प्रतिनिधि चयन भएको पार्टीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले बताउनु भयो ।

सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएको छ, यसले पाटीलाई उचो राख्नुका साथै कार्यकर्तामा उत्साह जगाएको छ नेता अधिकारीले भन्नु भयो । नवौं जिल्ला अधिवेशनले नयाँ सन्देश दिने पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो ।

नवौं अधिवेशनको नेतृत्व सबैलाई मिलाएर सर्वसम्मत रुपमा निर्वाचित गरिने अध्यक्ष पोख्रेलले बताउनु भयो ।

प्रकाशित मिति : १८ पुस २०७८ आइतबार ००:००  ६ : ०३ बजे