३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

बुद्धभूमिकी शुवाली थारु ९ दिन देखि सम्पर्कविहीन



मायादेबी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ भेलाईकी २४ वर्षीय शुवाली थारु नौ दिनदेखि सम्पर्कविहीन भएकी छन्। यही पुस १० गतेदेखि घर छाडेर हिँडेकी थारु नभेटिएको उनको परिवारले जनाएको छ ।


काम गर्न जान्छु भनेर घरबाट दिउँसो १२ बजेको समयमा हिँडेकी थारु नभेटिए पछि उनको परिवार चिन्तामा छ। उनका बुबा हौसिल थारुले छोरीको केही पत्तो नलागेको जानकारी दिए। शुवालीका दुई सन्तान समेत छ्न । उनको मानसिक सन्तुलन समेत कम रहेको बुबाले बताए ।

सम्पर्कविहीन भएपछि उनको खोजविनका लागि इलाका प्रहरी कार्यलय गोरुसिङ्गेमा जानकारी गराइएको छ।

प्रकाशित मिति : १९ पुस २०७८ सोमबार ००:००  १ : ०० बजे