२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

६ दिन देखि बेपत्ता वाणगंगाका युवा परिवारको सम्पर्कमा



कपिलवस्तु ।

वैदेशिक यात्रा बाट फर्किद‌ै गर्दा छ दिन देखि बेपत्ता भएका कपिलवस्तुका युवा आज एकबिहानै परिवारको सम्पर्कमा आएको परिवारले जनाएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ भग्लापुर निवासी ३० वार्षिय युवा रिम बहादुर खड्का वैदेशिक रोजगारीबाट स्वदेश फर्कने क्रममा सम्पर्क बिहिन भएको पारिवारिक स्रोतले जनाएको थियो । उनको खोजिका लागि परिवार दिनरात यताउता भैतारिरहेका थिए तर केहि कुरा पता नलागेपछि मिडियाको साहार लिन पुगेका परिवारमा अहिले खुशी छाएको छ ।

हिजोमात्र उनि बेपत्ता भएको खबर सन्चारमाध्यमबाट प्रकाशित भएको थियो । उनकि श्रीमतिका अनुसार अहिले खड्का आफ्नो भिनाजु संग काठमाडौमा सम्पर्कमा रहेको छन । यतिका दिन कहाँ के गरेको थिए भने कुरा पता नलागेको परिवारिक स्रोतले बताएको छ । उनि सकुसल रहेका छ्न ।

प्रकाशित मिति : १५ माघ २०७८ शनिबार ००:००  १२ : ०७ बजे