१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

कपिलवस्तुमा आजदेखि किशोर किशोरीहरुलाई कोभिड विरुद्धको दोस्रो मात्रा खोप लगाइदै



कपिलवस्तु ।

कपिलवस्तुमा आईतबार (आज) देखि १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीहरुलाई कोभिड १९ विरुद्धको खोप लगाईने भएको छ । यस अघि कोभिड १९ विरुद्धको मोर्डना खोप लगाएका किशोर किशोरीहरुलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।

यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले भने खोप लगाउन नपाउने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनु भयो । जिल्लाका करिब ७४ हजार किशोर किशोरीहरुलाई खोप लगाउन लगाईएको उहाँले बताउनु भयो ।

उहाँका अनुसार जिल्लामा रहेका पालिकाहरुले आफुलाई सहज हुने मितिमा खोप लगाउन सक्ने छन । विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य क्लिनिकसँग समन्वय गरी खोप लगाउन सक्नेछन् ।

खोप लगाउन उमेर खुल्ने कागजात साथमा लिएर जानुपर्नेछ । बाणगंगा नगरपालिकाका वडा नं. ३, ६ र १० मा १२ देखि १७ उमेर समूहका किशोर किशोरीहरुलाई आईतबारबाट खोप लगाउने कार्यक्रम रहेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनु भयो । बाणगंगामा १२ देखि १७ उमेर समूहका १२ हजार बढी किशोर किशोरीहरुलाई खोप लगाउने तयारी रहेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : १६ माघ २०७८ आइतबार ००:००  ८ : ४१ बजे