७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुबाट लागूऔषधसहित एक युवा पक्राउ



बुटवल ।

कपिलवस्तुमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कपिलवस्तु नगरपालिका(२ बाट ब्राउन सुगरसहित ३२ वर्षीय अरुण मोक्तान पक्राउ परेका हुन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१, ईमाडोल बस्ने मोक्तानको साथबाट प्रहरीले ३ ग्राम ५८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरेको थियो । आइतबा साझ चेकजाँच गर्ने क्रममा उनी सवार बा ७४ प ६८४९ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८ सोमबार ००:००  २ : ५७ बजे