८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विश्वभर एकै दिन २१ लाख ८१ हजार कोरोना संक्रमित



एजेन्सी ।
विश्वभर एकै दिन २१ लाख ८१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएका संक्रमितमध्ये सबैभन्दा बढी फ्रान्समा २ लाख १४ हजार ५०० जना रहेका छन्।

यस्तै‚ रुसमा १ लाख ७७ हजार, जर्मनीमा १ लाख ६६ हजार ६००, ब्राजिलमा १ लाख ५४ हजार २००, भारतमा १ लाख ३ हजार, टर्कीमा ९८ हजार ७००, जपानमा ९४ हजार ४, इटलीमा ९३ हजार र अमेरिकामा ९१ हजार ५६१ संक्रमित थपिएका छन्।

सोही अवधिमा कोरोना संक्रमणबाट आठ हजारजनाको मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा ९५२, भारतमा ८६५, ब्राजिलमा ८००, रुसमा ७१४, मेक्सिकोमा ६००, बेलायतमा २६९ जना छन्। योसहित विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ लाख ५१ हजार पुगेको छ।

प्रकाशित मिति : २३ माघ २०७८ आइतबार ००:००  ७ : ५० बजे