२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

वाणगंगामा आगामी सोमबारबाट राष्ट्रिय परिचयपत्र अभियान सुरु हुदै



अनिश बन्जाडे, जितपुर ।

वाणगंगामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धि प्रशिक्षण कार्यक्रम सन्चालन भएको छ ।वाणगंगा नगरपालिकाको सभाहलमा आज जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा प्रशिक्षण कार्यक्रम भएको हो ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन बिषयक प्रशिक्षण कार्यक्रमको बारेमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले प्रकाश पार्नुभएको हो । पाण्डेले राष्ट्रिय परिचयपत्रको बारेमा बोल्दै यसको महत्वको बिषयमा प्रष्ट पार्नुभएको थियो । राष्ट्रिय परिचयपत्र बैँक तथा बित्तिय संस्था,सवारी चालक अनुमतिपत्र,सम्पतिको कारोबार, मतदाता परिचय,अपराध अनुशन्धान लगाएत अन्य थुपेै्र कामका लागी आवश्यक भएको बताउँदै यसको प्रयोग सबैले गर्नुपर्ने बताउनुभयो ।


जसका लागी बाणगंगाका ११ वटै वडामा आगामी सोमबार देखि नै वडाअध्यक्षको रोहबरमा राष्ट्रिय परिचयपत्रको लागी अभियान सुरु गरिने पनी उहाँले बताउनु भएको थियो । साथै पाण्डेल राष्ट्रिय परिचयपत्रको बारेमा आम सर्बसाधारणहरुलाई प्रचारप्रसारका माध्यमबाट जानकारी सम्पे्रषण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको अध्यक्षता, बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता,प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, लगाएतको आतिथ्यता, कार्यपालिका सदस्य,बिभिन्न वडाका वडा अध्यक्ष, नगरपालिकाका बिभिन्न शाखाका प्रमुखको उपस्थितीमा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण प्रशासकिय अधिकृत केशबराज भट्टराईले गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८ शुक्रबार ००:००  ७ : ०६ बजे