१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एन प्याब्सन कपिलवस्तुको जिल्ला अध्यक्षमा घिमिरे निर्विरोध चयन



कपिलवस्तु ।

एन प्याब्सन कपिलवस्तुको जिल्ला अध्यक्षमा युवराज घिमिरे निर्विरोध चयन हुनु भएको छ । एन प्याब्सनको तौलिहवा स्थित बुद्धज्योति बोडिङ स्कुलमा संपन्न छैठो अधिबेशनबाट घिमिरे निर्बिरोध चयन हुनु भएको छ ।

घिमीरेको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्बिरोध चयन गरिएको हो । घिमिरे शिवराज नगरपालिका– १ शिवपुर स्थित भुपु सैनिक आवासिय बिद्यालयका प्राचार्य समेत हुनुहुन्छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा राम निवास गुप्ता, उपाध्यक्षमा बब्लु चौधरी, सचविमा कपिल घिमिरे, सह सचिवमा राम कुमार भट्टराई, कोषाध्यक्षमा परमात्मा चौधरी, सह कोषाध्यक्षमा परशुराम चौधरी रहनु भएको छ । यस्तै सदस्यहरुमा त्रिपुरारी मित्रा, रन बहादुर कुवर, गणेश श्रीवास्तव, परमानन्द उपाध्याय, खजान्ची प्रसाद गुप्ता, बिष्णु कुवर, राजेन्द्र प्रसाद धवल रहनु भएको छ ।
यस्तै समितिको सदस्यहरुमा कबिर गमाल, सित बसन्त शुक्ला, राधेश्याम चौधरी, शैलेन्द्र कुमार साहानी, प्रभु चौधरी, जितेन्द्रमणि शुक्ला र गया प्रसाद बरई रहेका छन । नव निर्वाचित अध्ययक्ष घिमिरेले एन प्याब्सनको संस्थागत विकासकालागि आफु लागी पर्ने बताउनु भयो ।

उहाँले शिक्षा क्षेत्रको विकास र निजी बिद्यालयहरुको हक अधिकार सुनिश्चित गराउन आफले आवाज उठाउने बताउनु भयो । एन ब्याब्सनका केन्द्रिय सदस्य प्रकाश गैरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा एन प्याब्सनका आबद्ध हुन आएका नव प्रबेशी बिद्यालयका प्राचार्यलाई खादा र दोसल्लाले सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८ शनिबार ००:००  ५ : ३६ बजे