१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ऐतिहासिक हथौसा मेलामा दर्शकको घुइँचो



दीपा महत, कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ११ हथौसा मेलामा प्रत्येक बर्षको महाशिवरात्रीको अवसर पारि लाग्ने हथौसा मेलामा दर्शकको घुइँचो लागेको छ । यहि फागुन १७ गते शिवरात्रीको अवसरमा जारी महोत्सवमा दिनप्रतिदिन दर्शकको संख्या बढी रहेको आयोजकले जनाएको छ ।मेलाको चौथोदिन सम्म हजारौ दर्शकले मेलाको अवलोकन गरेको आयोजकको दाबी छ ।
जिल्लाको हथौसा, महाशिवरात्री मेलाका हिसावले नेपालकै महत्वपूर्ण क्षेत्र हो । महाशिवरात्री मेला र थारु समुदायको परम्परागत संस्कृतिको आफ्नै गहिरो नाता रहेको थारु अगुवा भग्गु थारुले जनाउनुभयो । मेलामा सांस्कृतिक झल्कने खालका विभिन्न वस्तुहरुको प्रदर्शन गरिएको छ ।

आदीवासी जनजाती थारु समुदायको परम्परागत उत्पादन पद्धतीको प्रदर्शन र कृषि उपजको खरिद विक्रीका लागि संचालन हुने हथौसा मेला समय परिवर्तन संगै आधुनिक शैलीमा रुपान्तरण हुन पुगेकोछ । फलस्वरुप महाशिवरात्री हथौसा मेला यतिवेला कृषि पर्यटन उद्योग र सस्कृति आदान प्रदान गर्ने आधुनिक मेलाका रुपमा संचालन हुन थालेको छ ।

यो मेला नेपाल र भारतका किसानहरुका लागि विशेष महत्वको मेला हो । यहा परम्परागत कृषि उपकरण देखि आधुनिक पद्धतीका कृषि उपज सम्मको खरिद विक्री हुन्छ । नेपालका धेरै जिल्लाका नागरिक र भारतका हजारौ दर्शनार्थी यो मेला भर्न आउँछन ।

मेलामा राखिएका आधुनिक पिङ्ग, मौतका कुवा, जादु र विभिन्न प्रदर्शन योग्य स्टलहरु म दर्शकको भिड लागेको छ । मानिसहरु कोरोनानको कुनै प्रवाह नगरी महोत्सव अवलोकनका लागि आएका छन् । महोत्सवमा विगतको वर्ष भन्दा अहिले कहि स्टलहरु थपिएका छन् । मेलामा राखिएका दैनिक उपभोग्य वस्तुदेखि कृषि, कपडा लगाएतका स्टलमा दर्शकको भिडभाड छ । मेलामा साइकल, मोटरसाइकल, कार लगाएतका सवारीका लागि पार्किङको पनि ब्यवस्था गरिएको छ ।

कोरोनाका कारण कपिलवस्तुमा पछिल्लो समय विभिन्न मेला तथा महोत्सव रोकिएका थिए । अहिले कोरोना संक्रमण साम्य हुँदै गएपछि हथौसा मेला आयोजना गरिएको हो । मेला फागुन २४ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८ शुक्रबार ००:००  ८ : ३५ बजे