१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आइटी ब्यवसायी सोनु भन्छन् ‘पढेलेखेकाहरु सहरकेन्द्रित हुनै पर्छ भन्ने छैन’



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका आइटी ब्यवसायी सोनु पौडेल अहिले ३१ बर्ष भए । भारतमा आइटी पढेर आफ्नो ठाउँमा फर्केका उनले वडा नम्बर १ मा एनडी कम्प्युटर्स संचालन गरिरहेका छन् ।

बिएसस्सी आइटी, कम्प्युटर हार्डवेयर र एमसीआइटिपी अध्ययन सक्न भारतको दिल्लीमा उनले ५ बर्ष विताए । केही समय त्यतै काम गरे । पढाइअनुसार सोनुलाई मुलुकका ठुलाठुला सहर र विदेशमा प्रशस्त अवसर थियो । तर उनी अहिले आफू जन्मे हुर्केको ठाउँमा बसेर आइटी सम्बन्धि सेवा दिइरहेका छन् ।

गाउँघरमा सेवा दिन पाउँदा उनले अहिले खुसी लागेको बताए । उनको सेवाबाट अहिले सेवाग्राही पनि खुसी छन् भने सानोबाट सुरु गरेको ब्यवसायलाई पनि बढाएका छन् । सुरुमा कम्प्युटर र ल्यापटपको विक्रि र मर्मत सेवा दिएका उनले अहिले भने आइटीका अरु सेवा पनि थपी होलसेल विक्रिविक्रिवितरण गरिरेहेका छन् । यो स्थानसम्म आउँदा समस्या र अवसर दुवैसंग जुध्नु परेको उनको भनाई छ ।

उनले भने ‘भारतमा आइटी पढेँ । केहीसमय उतै काम पनि गरेँ । कमाइ पनि राम्रै थियो । तर मलाई त्यता भन्दा आफ्नै गाउँघरमा सेवा दिन मन लाग्यो र यता आएँ ।’ पढेलेखेका सबै सहर र विदेशकेन्द्ति हुनुपर्ने भन्ने छैन । आफ्नो पढाई गाउँठाउँमा प्रयोग गरी सेवा दिन पनि सकिन्छ । उनले भने ‘त्यसैले बाणगंगामा आइटी ब्यवसाय सुरु गरेको हुँ ।

आफ्नो पढाइअनुसार देशविदेशमा जहाँ पनि अवसर रहेको बताउँदै पौडेलले चुनौति भए पनि आफ्नै गाउँघरमा सेवा दिन पाउँदा खुसी लागेको बताए ।
सानोबाट सुरु गरेको ब्यवसायलाई बढाएर उनले सेवा सुविधा पनि थपेका छन् भने जिल्ला भित्र र बाहिरका ठाउँमा कम्प्युटर तथा आइटिको होलसेल र खुद्रा विक्रिवितरण पनि गरिरहेको पौडेलले मायादेवीसंग बताए ।

No description available.

उनले भने अहिले मसंग ‘कम्प्युटर र ल्यापटपको विक्रि र मर्मत सेवा, फोटोकपी, प्रिन्टर, सिसिटिभि, गेमिङ कम्प्युटर लगायत सम्पूर्ण आइटी सामाग्रीको होलसेल र फुटकर विक्रि सेवा छ । विस्तारै सेवाग्राही थपिँदै हुनुहुन्छ । अहिलेसम्म सन्तुष्ट छु । ब्यवसायलाई अझै ठेलो बनाउने योजना छ । बाणगंगालाई आइटीमैत्री नगर बनाउने योजनामा छु । हेरौँ कति सफल हुन सकिन्छ ।’

नपढीकन दिने सेवा र सम्बन्धित विषय पढेरै दिने सेवामा फरक हुने गरेको सेवाग्राहीले बताएका पनि उनले मायादेवीसंग सुनाए । अहिलेका सबै युवा शक्तिहरु विदेशमुखी मात्र हुने होइन देशमै बसेर केही गर्ने भावना राख्नु पर्ने उनको भनाई छ ।

कोरोनाको कारण सुरुवातमा समस्या भए पनि अहिले भने सन्तोषजनक नै रहेको उनले बताए । अहिले संघसंस्था लगायत सबैबाट माया पाएको भन्दै भरपर्दो आइटी सेवा लिन अब बाहिर जानुपर्ने अवस्था नरहेको सोनुले सुनाए ।

No description available.

प्रकाशित मिति : २० फाल्गुन २०७८ शुक्रबार ००:००  १ : ०५ बजे