३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

माओवादी केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ। शुक्रबारदेखि शुरु भएको बैठक आज पनि बस्ने भएको हो।

शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएपछि अब बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा प्रवेश गरेको पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो। लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष चयन गरेको थियो। त्यसपछि बैठक गत शुक्रबार बसेको थियो। माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गरेको छैन।

आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने सम्भावना छ । २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०७८ आइतबार ००:००  ७ : ५७ बजे