१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा एकै दिन थपिए ३७ कोरोना संक्रमित



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बुधबार ३७ जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमित थपिनेमा कपिलवस्तु नगरपालिकामा २३ जना, वाणगंगा नगरपालिकामा ७, बुद्धभूमि नगरपालिकामा ४ जना, मायादेवी गाउँपालिकामा २ जना र यशोधरा गाउँपालिकामा १ जनासहित ३७ संक्रमित थपिएका हुन् ।

योसंगै जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७० पुगेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७ बुधबार ००:००  ७ : ५७ बजे