१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्युपछि तनावग्रस्त ओदारीको अवस्था सामान्य



मायादेवी अनलाइन, कपिलवस्तु ।

भारतीय ट्रकले अटोलाई ठक्कर दिदा एक युवाको मृत्यु भएपछि तनावग्रस्त बनेको ओदारीको अवस्था सामान्य बन्दै गएको छ । गएराती कपिलवस्तुको बाणगंगा ११ ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकले अटोलाई ठक्कर दिदा एक जना युवाको घटनास्थलमै निधन भएको थियो । दुर्घटनाबाट बाणगंगा नगरपालिका वडा नम्बर ११ का अनिल मगरको मृत्यु भएको हो ।

युवाको ज्यान गएपछी स्थानियले ओदारीमा रहेको प्रहरी विटमा आक्रमण गरेका थिए । आक्रोशित स्थानियले प्रहरी विट तोड्फोड समेत गरेका हुन् ।
उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको अटोलाई दक्षिणबाट उत्तर आउदै गरेको भारतीय ट्रकले ठक्कर दिएको हो । उनलाई ट्रकले ठक्कर दिएर ५० मिटर घिसार्दै लगेको प्रत्यक्षदर्शीले मायादेवीलाई बताए । चालकको गम्भीर लापरवाहीलेनै मगरको ज्यान गएको भन्दै स्थानीय आक्रोसित भएका हुन् ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर सोही विटमा राखेको हुदाँ विटमा तोडफोड समेत गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन राती प्रहरीले दर्जनौ हवाई फाएर र असृग्यास प्रहार गरेको थियो । राती नै प्रहरीले चालकलाई पिपरा लगेको र अहिले भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८ सोमबार ००:००  ६ : ५६ बजे