९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

ओदारी दुर्घटना अपडेटः ८ बुँदे सहमती पछि तौलिहवा-जितपुर सड्क खुल्यो



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ११ ओदारीमा हिजो भएको दुर्घटनाको विषयलाई लिएर आक्रोशित स्थानियले बन्द गरेको सड्क खुलेको छ ।

तौलिहवाबाट काठमाण्डौ जाँदै गरेको भारतिय नम्बरको आइसर ट्रकले विपरित दिशाबाट आउदै गरेको लु १ ह १९२३ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट बाणगंगा ११ का अनिल मगरको घटना स्थलमै ज्यान गएको थियो । ट्रक ड्राईभरको गम्भीर लार्पवाहीका कारण ज्यान गएको भन्दै स्थानियले हिजोदेखि नै सड्कमा टायर बालेर सड्क अवरुद्ध गराएका थिए । आक्रोसित स्थानीयले हिजो ओदारीमा रहेको प्रहरी विटमा तोड्फोड समेत गरेका थिए ।

सयौको संख्यामा जम्मा भएर विरोध जनाएपछि प्रहरीले भिडलाई तितरवितर पार्न अश्रुज्ञास प्रहार गरेको थियो । चालकको लापवाहीले स्थानीयको ज्यान गएको भन्दै चालकलाई हद सम्मको कारवाहीको माग गर्दै स्थानीय विरोधमा उत्रिएका हुन् । हिजोराती देखि तनावग्रस्त बनेको ओदारीमा अहिले भने जनजीवन सामान्य बनेको छ । पिडित पक्ष संग ८ बुँदे लिखित सम्झौता भएपछि सडक खुलेको हो ।

सम्झौत अनुसार दुर्घटनामा ज्यान गुमाएका मगरका परिवारलाई उचित क्षतीपुर्ति, चालकलाई कडा कार्वाही, ओदारी प्रहरी विटका प्रमुख परिवर्तन, प्रत्यक्षदर्शीको भनाई र घट्नास्थल अनुसार करिव ८० मिटर घिसारेर ज्यान गएको हुदाँ सजाय हँदै सम्मको हुनुपर्ने लिखित सम्झौतापछी सड्क खुलेको हो । अहिले स्थिति सामान्य बनेको छ ।

बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, वडा नं ११ का वडाध्यक्ष सोमनाथ अर्याल, लुम्बिनी दर्पणका प्रधान सम्पादक मोहन बेल्वासे, हर्टविट एफएमका स्टेशन म्यानेजर हरि घिमिरे, स्थानिय बुद्धिजिवि पिडितका बुवा आमा आफन्त छिमेकि स्थानिय लगाएतको छलफल पछी ८ बुँदे सहमती गरि सड्क खुलाईएको र पिडितलाई न्यायका लागि लागिपर्ने वडाध्यक्ष अर्यालले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८ सोमबार ००:००  ४ : ४६ बजे