८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

सिटिजन लाइफ इन्स्योरेन्स जीतपुर शाखाद्धारा मृत्यु दावी रकम भुक्तानी



अनिश बन्जाडे, जितपुर ।

सिटिजन लाइफ इन्स्योरेन्स जीतपुर शाखा कपिलवस्तुले आज एक कार्यक्रमका बिच बिमित ब्यक्तिहरुको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ । सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएका ऋणीका परिवारको सिटिजन लाइफ इन्स्योरेन्स जितपुरमा शाखामा बिमा गरे अनुशार मृत्यु भएका दुई जना ब्यक्तिको परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको हो । यसरी मृत्यु दावी रकम प्राप्त गर्नेमा बिमीत ब्यक्ति मृतक रधीया थारुका श्रीमानलाई १ लाख १० हजार बराबरको चेक र अर्का बिमीत ब्यक्ति मृतक दिनेश कुमार मरासिनीको श्रीमती बिष्णु मरासिनीलाई १ लाख ६० हजार बराबरको चेक हस्तान्तरण गरिएको हो ।

सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले ऋण लिएका सबै ऋणीको बिमा गर्ने गरेको छ । जसबाट भबिष्यमा हुन सक्ने हानी नोक्सानीबाट राहत मिल्ने सहकारीका ब्यवस्थापक हरिलाल शर्माले बताउनुभयो । यस्तै सिटिजन लाइफ इन्स्योरेन्समा १० लाखको सिटिजन शुभारम्भ योजना खरिद गरेका मृतक दिनेश कुमार मरासिनीको परिवारलाई यहि फागुन १२ गते १० लाख ५० हजारको चेक समेत हस्तान्तरण गरिएको थियो । मृत्यु दावी रकम भुक्तानी कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स जीतपुर शाखाका एरिया ब्रान्च म्यानेजर लक्ष्मण मरासिनी, ब्रान्च म्यानेजर सम्झना आचार्य, सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष सुर्य कुमारी शाही, व्यवस्थापक हरिलाल शर्मा, इन्स्योरेन्सका एजेन्सी म्यानेजर लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन बि.डि.सी दिपक कुँवरले गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८ बिहिबार ००:००  ७ : २५ बजे