८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

नेकपा एस बुद्धभुमी ४ वडा कमिटिको अध्यक्षमा पौडेल



कपिलवस्तु ।

नेकपा एकिकृत समाजवादीको बुद्धभुमी ४ स्थीत बुड्ढीमा भरत पौडेलको अध्क्षतामा ९ सदस्यीय वडा कमिटि सर्वसम्मत रुपमा चयन भएको छ जसको उपाअध्यक्षमा गायत्री भट्राई, सचिव सुस्मा दर्जि, सहसचिव विजय पोख्रेल, सदस्य सोना ढाँडी, शुशीला दर्जि, गिता हमाल, मौसम दर्जि, ज्ञानुमायाँ रोका मगर रहेका छन् । नव गठित कमिटिलाई नेकपा एकिकृत समाजवादीका प्रचार विभाग प्रमुख विकास बन्जाडे, सचिवालय सदस्य, चेतना शर्मा, नगर अध्यक्ष भुवन प्रसाद खनाल, जिल्ला कमिटि सदस्य कमला घिमिरे लगायतले बधाई तथा शुभकामना दिँदै आगामी स्थानीय तहको चुनावमा लागी तयारी अवस्थामा रहन सुझाव समेत दिनुभयो । सोही अवसरमा नवनिर्वाचित अध्यक्ष भरत पौडेलले नेकपा एकिकृतको निति, सिद्धान्त र विधि विधान अनुसार सवैको सल्लाह सुझाव सहयोगमा अगी बढ्ने प्रतिवद्धता गर्नुभयो ।

कार्यक्रम नगर अध्यक्ष भुवन प्रसाद खनालको अध्यक्षता, चेतना शर्माको सन्चालनमा सम्पन्न भएको नेकपा एकिकृत समाजवादी प्रचार विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८ शनिबार ००:००  ४ : ११ बजे