६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

काँग्रेस कपिलवस्तुको चुनावी दौड, सुरु भयो यस्तो अभियान



तौलिहवा । नेपाली काँग्रेस कपिलवस्तु चुनावी तयारीमा लागेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र त्यसपछिका चुनावलाई मध्यनजर गर्दै जिल्ला कार्य समिति तयारीमा जुटेको हो ।

यसै सिलशिलामा काँग्रेसले कपिलवस्तु नगरपालिकाको तौलिहवाबाट घर घर जाऔँ कांग्रेस जिताऔँ अभियान शुभारम्भ गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी कपिलबस्तु नगरपालिका वडा नं। ३ भिक्षु चौकबाट सो अभियानको शुरुवात गरिएको कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम खाँले बताउनुभयो ।

अभियानमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्र राज आचार्य, भारतका लागि पूर्व राजदुत दीप कुमार उपाध्याय, पूर्व पार्टी सभापति राजेश आचार्य, कांग्रेसका नेता अब्दुल मन्नान खाँ, मोहन शर्मा, रमेश शर्मा, जमशेर अलि मियाँ लगायतको नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८ आइतबार ००:००  २ : ५८ बजे