५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

ओदारीमा भारतीय ट्रकको ठक्करबाट गम्भिर घाईते विद्यार्थीको उपचारको क्रममा मृत्यु



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.११ ओदारीमा भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ गम्भिर घाईते विधार्थीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सोमबार विहान बुटवलमा मृत्यु भएको हो ।

फागुन २७ गते दिउँसो करिब २ बजे भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ कक्षा ११ मा अध्ययनरत १८ बर्षीया सम्झना यादव गम्भिर घाईते भएकी थिईन् ।

ट्रकको ठक्करबाट घाइते यादवलाई टाउकोमा चोट लागेपछि उपचारको लागि बुटवल पठाइएको थियो । सो घटनापछि स्थानिय तथा विद्यार्थीले सडक गरेर ज्यानको सुरक्षा प्रत्याभूमि दिलाउन माग गर्दै नाराबाजी गरेका थिए । यस अघिपनि ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकले अटोलाई ठक्कर दिदाँ युवाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८ सोमबार ००:००  ५ : १६ बजे