५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मर्यादित र सभ्य तरिकाले होली मनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको अपिल



मायादेवी अनलाइन, जितपुर ।

रंग तथा खुसीयालीको पर्व होलीलाई सभ्य र मर्यादित तरिकाले मनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ । बुधबार एक सार्वजनिक सुचना जारी गर्दै रंगहरुको पर्व होली स्वास्थ्यका मापदण्ड पालना गर्दै सभ्यरुपमा मनाउन अनुरोध गरेको हो ।

होली पर्व फागु मनाउने क्रममा कसैको इच्छा विपरित जबरजस्ती रंग दल्ने, अर्मयादित, गैर कानुनी र उच्छृङकल खालका क्रियाकलाप गरेमा कारवाही गर्ने चेतावनी दिएको छ ।

यसका साथै प्लाष्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने, बाटोमा हिड्ने ब्यक्तीलाई दुख दिने जस्ता कार्य गैर कानुनी भएकाले यस प्रकारका अमर्यादित कृयाकलाप नगर्न नगराउनुहुन प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले आग्रह गर्नुभयो ।

कानुन विपरितका कृयाकलाप गरेमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिनुभयो । रंगहरुको पर्व फागु धार्मिक एवम सांस्कृतिक दृष्टीले मर्यादित तथा सभ्य तरिकाले मनाउँदा मात्र यसको महत्व सिद्ध हुने पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : २ चैत्र २०७८ बुधबार ००:००  ६ : १२ बजे