५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

१२ औं कपिलवस्तु महोत्सवको आज गृहमन्त्री खाणले उद्घाटन गर्ने



कपिलवस्तु ।

आजबाट सुरु हुने १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गर्दै हुनुहुन्छ ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुने महोत्सवको खाँणले दिउँसो साढे २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको उद्योग वाणिज्य संघका अध्यक्ष डोलक घिमिरेले जानकारी दिनुभएको छ ।

जसका लागी गृहमन्त्री खाँण दिउँसो १ बजे महोत्सव स्थलमा आउँनुहुनेछ । उहाँले गृहमन्त्री खाँण आउने भएपछि शान्ति सुरक्षाका लागी विभिन्न सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयसंग समन्वय भईरहेको बताउनुभयो ।

महोत्सवलाई आकर्षक बनाउन सुन्दरीकरणको काम, स्टलको काम, सचिवालय निर्माण, प्रवेशद्धार, स्टेज निर्माण लगायतका काम सम्पन्न भएको कपिलवस्तु उद्योग बाणिज्य संघ वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले जानकारी दिनुभयो ।

महोत्सवको प्रवेशद्धारमा निर्माण गरिएको ५२ फिटको मिनी बुर्ज खलिफाले अहिले देशभरको ध्यान नै कपिलवस्तुतर्फ केन्द्रित भएको उहाँले दाबी गर्नुभएको छ । यस्तै महोत्सव स्थलमा गौतम बुद्ध, शिवको मूर्ति र गुम्बा निर्माणको काम सकिएर रंङरोगनको काम पनि सकिएको निर्देशक रेस्मीले बताउनुभयो । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८ बिहिबार ००:००  ८ : १९ बजे