१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

२४ घण्टामा थप २७ जनामा कोरोना सङ्क्रमण



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज परीक्षण गरिएकामध्ये शून्य दशमलव ५६ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको हो ।

यस्तै थप दुई सय २० जना निको भएका छन् । नेपालमा अहिले चार हजार तीन सय ७६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यस्तै थप एक लाख ४५ हजार नौ सय ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८ बिहिबार ००:००  ४ : ३५ बजे