२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

गृहमन्त्री भन्छन्ः गठबन्धन बच्छ, तोकिएकै मितिमा स्थानीय निर्वाचन हुन्छ



मायादेवी अनलाइन, चारनम्बर । नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकार र पार्टी गठबन्धनको भावनाविपरित नजाने बताउनु भएको छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा विहिबारदेखि सुरु भएको १२ औँ कपिलवस्तु महोत्सवलाई सम्बोधन गर्दै उहाँले गठबन्धनबाट बनेको वर्तमान सरकारले जनताको काम गर्दैे गठबन्धनको भावना मर्न नदिने प्रष्ट्याउनु भयो । उहाँले भन्नुभयो ‘अहिले पार्टी र सरकारले जनताको काम पनि गर्नु परेको छ । गठबन्धनको भावना पनि बचाउनु परेको छ । राजनीतिमा कहिले एक्लै हिंड्नु पर्दछ कहिले मिलेर जानु पर्दछ । काँग्रेसको काँधमा अहिले लिेर जानुपर्ने स्थिति रहेको छ ।’

ब्यवहार र सिद्धान्त दुवैलाई मिलाएर लैजान सक्नु नै कुशल राजनैतिक नेतृत्व रहेको बताउँदै उहाँले वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले सो भूमिका निर्वाहा गरेको दावी गर्नुभयो । शेर बहादुर बाहेकका नेतृत्वले ब्यवहार र सिद्धान्तलाई मिलाएर लैजान नसक्दा पार्टीमा समस्या सिर्जना भएको उहाँको भनाई छ ।

उहाँले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने पनि बताउनु भयो । सरकार र मन्त्रीहरुको ब्यस्तता अहिले आगामी निर्वाचन गराउने बातावरण बनाउने र आवहयक परे ऐन कानुन शंशोधन गर्ने लगायतको रहेको गृहमन्त्री खाँणले बताउनु भयो । सोही व्यस्तताकाबीच पनि कपिलवस्तु आउन पाएकोमा खुसी ब्यक्त गर्दै गृहमन्त्री खाँणले सबै मिलेर मुलुकको विकास गर्नु पर्ने बताउनु भयो । मंचबाट कोही राष्ट्रबादी र कोही अराष्ट्रबादी रहेको कुरा गरिअनु नराम्रो रहेको भन्दै मुलुकका सबै नेता र जनता राष्ट्रबादी नै रहेको बताउनु भयो ।

प्रकाशित मिति : ३ चैत्र २०७८ बिहिबार ००:००  ७ : ०४ बजे