२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सुरु भयो १२ औँ कपिलवस्तु महोत्सव



दीपा महत, जितपुर ।

बुद्ध रंगशाला बाणगंगा ४ जितपुरमा विहीबारबाट १२ औँ कपिलवस्तु महोत्सव सुरु भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव सुरु भएको हो । महोत्सवको विहीबार गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गर्नु भयो ।

उद्घाटनन पूर्व स्थानीय विद्यालय तथा सामाजिक संघ संस्थाले बाजागाजा र बिभिन्न भेषभूषा झल्कने खालका सांस्कृतिक झाँकी निकालेका थिए । बिभिन्न स्थानबाट आएको र्यालीमा ब्रह्म कुमारी इश्वरीय विश्वविद्यालय, बिभिन्न आमा समुह, भजन मण्डली, लगायत विभिन्न जातजातीको आकर्षक प्रस्तुति रहेको थियो । चैत्र १३ गतेसम्म हुने महोत्सवबाट २ लाख दर्शकले अवलोकन गरी ५ करोड बराबरको आर्थिक कारोबार हुने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभएको छ । महोत्सवको पहिलो दिन विहीबार हजारौं दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।

यसैबीच यसपटकको महोत्सव गत बर्षहरुमा बिभिन्न कारणले फरक रहेको छ । मुख्यतया महोत्सवको प्रवेशद्धार तथा मूल गेट बुर्ज खलिफा आकारको छ भने महोत्सव स्थलमा गौतम बुद्ध, शिवको मूर्ति र गुम्बा निर्माण गरिएको छ ।

यस्तै बिभिन्न कृषि स्टलहरु पनि रहेका छन् । यस्तै यसपटक महोत्सवमा भएकास्टललाई आकर्षक ढंगले सिंगारिएको छ । मूलद्धारबाट प्रवेश गर्ने वित्तिकै देख्न सकिने फोटो प्रदर्शनीले पनि दर्शकको मन खिचेको छ । सो पर्यटन प्रर्दशनीमा जिल्लाका चिनारी झल्काउने धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदाहरुका सुन्दर फोटाहरुलाई सजाएर प्रदर्शनीको लागि राखिएको छ । यस्तै कृषि प्रदर्शनीको लागि अत्याधुनिक कृषि औजार, कृषि तथा औद्योगिक उत्पादनको प्रदर्शनी पनि महोत्सवको आर्षण बनेको छ । महोत्सवमा सुरक्षा ब्यवस्था पनि कडा पारिएको छ ।

महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा संवेदनशिलतामा आयोजक सजग बनेको हो । सुरक्षाको लागि गेट बाहिर र भित्र नेपाल तथा सशस्त्र प्रहरी परिचालन भएका छन् ।

विहीबार पहिलो दिन भएकाले उद्घाटन सत्र मात्र भएको छ । शुक्रबारबाट मात्र महोत्सवमा मनोरंजनका कार्यक्रम सुरु हुने आयोजकले जनाएका छन् । महोत्सवको सबैभन्दा आकर्षक कार्यक्रमका रुपमा रहेको दशौँ डान्स आइडल शुक्रबारबाट मात्रै सुरु हुने छ भने सांस्कृतिक कार्यक्रम पनि औपचारिक रुपमा सुरु हुने महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताउनुभयो ।

शुक्रबारका कार्यक्रममा गायक छेवाङ लामा, नारायण लेकाली लगाएतका कलाकारको प्रस्तुति हुने छ । महोत्सवमा यस वर्ष दर्शकको लागि पानी तथा प्राथामिक उपचारको पनि ब्यवस्था गरिएको छ । यस्तै विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा छुटको ब्यवस्था गरिएको छ । महोत्सव जिल्लाबासीको साझा पर्व भएकाले बुद्ध रंगशालामा आई अवलोकन गर्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ ।

No description available.

प्रकाशित मिति : ३ चैत्र २०७८ बिहिबार ००:००  ७ : ४१ बजे