२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

कपिलवस्तुको विजयनगरमा आगलागी : गोठमा रहेको भैँसी जलेर नष्ट



मायादेवी अनलाइन, विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा शनिबार दिउसो आगलागी भएको छ । विजयनगर–४ डगडौवाका स्थानीय भरत किशोर यादवको गोठमा आगलागीमा परी एक भैँसी जलेर नष्ट हुनुका साथै पाडा घाइते भएको छ ।

मध्यान्न साढे १२ बजेदेखि लागेको आगो आधा घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । आगलागीबाट गोठमा भएका सबै काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण तथा घटना बारे थप जानकारी बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८ शनिबार ००:००  ३ : ५९ बजे