२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

१२ औं कपिलवस्तु महोत्सवमा आज प्रमोद खरेल आउँदै



मायादेवी अनलाइन, जितपुर

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको १२ औ कपिलवस्तु महोत्सवक तेसो्र दिन शनिबार तेस्रो दिन २० हजार बढी दर्शकले अवलोकन गरेका छन् । भने करिब ३० लाख बराबरको आर्थिक कारोबार भएको महासचिव मनोज पौडेलले बताउनुभयो ।

महोत्सवमा शनिबार स्थानीय तथा राष्ट्रिय कलाकारले बेजोड प्रस्तुति राखेका छन् । लोक दोहोरी खुमन अधिकारी, शिलु भट्टाराई, शिव खनाल, शारदा खनालले बेजोड प्रस्तुति राखेको वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो ।

यस्तै डान्सर तथा मोडल असिम क्षेत्री, अभिषेक खड्का, सदिक्षा चौधरी र लोक दोहारी गायक नारायण लेकालीले प्रस्तुति राखेको उहाँले जानकारी दिनुभयो ।

यसैबिच महोत्सवको चौथो दिन आज चर्चित आधुनिक गायक प्रमोद खरेल, लोक गायक विक्रमबाबु विश्वकर्मा, वर्षा थापा लगायतको बेजोड प्रस्तुति रहने निर्देशक रेस्मीले बताउनुभयो । यस्तै १० औं कपिलवस्तु डान्स आईडलतर्फ १२ जना प्रतियोगीले आ आफ्नो नृत्य प्रस्तुत गर्ने डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार आजबाट भोटिङ सुरु हुने छ भने आज नै एक जना प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा एक जना प्रतियोगिताबाट बाहिरिने छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८ आइतबार ००:००  ६ : ११ बजे