१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुगौलीको दुधाधारी बिद्यालयमा झडप, बिद्यालय तोडफोड



कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाउँपालिका १ मा गुगौलीमा दुधाधारी माध्यामिक विद्यालयमा विद्यार्थीहरु बिच झडप भएको छ । होलिको टिकाको बिषयमा सुरु भएको बिबादले बिद्यालय परिसर तनावग्रस्त भएको छ ।

विद्यार्थीको दुई समूह विच झडप हुदा चार विद्यार्थी घाइते भएका छन । तनावग्रस्त भिडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिनुभयो । बिद्यालयम्मा रहेका १ दर्जन बढी कम्प्युटरमा क्षेती पुगेको छ भने झ्याल ढोकाहरु फुटेका छन । झडपमा आक्रोशित विद्यार्थीहरु ढुङ्गा प्रहार गरि तोडफोड गरेको थिए ।

विद्यालय परिसर झन्डै तीन घण्टा सम्म तनावग्रस्त रहेको थियो । झडपमा केही शसस्त्र प्रहरी घाइते भएका छन ।उनिहरुको सन्जिवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । अहिले अवस्था सामान्य रहेको र दुबै समुहका विद्यार्थी अभिभावक बिच छलफल भइरहेको बिद्यालय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८ आइतबार ००:००  ५ : ४७ बजे