२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कृषिमा ३५ प्रतिशत युवा महिलाको प्रतिनिधीत्वमा सिसा परियोजना केन्द्रित



मायादेवी अनलाइन ।
कृषि क्षेत्रमा संलग्न स्थानीय समुदायलाई कपिलवस्तुको वाणगंगामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । सिसा परियोजनाको कृषि यान्त्रिकीकरणमा लैगिंक समानता र सामाजिक समावेशीकरण संवेदनशीलताका लागि महिला सहभागीतामुलक सम्बन्धी अभिमुखीकरण कार्यक्रममा ३५ जनाको सहभागीगता रहेको थियो । कार्यक्रममा कृषि प्रविधी विस्तारमा नयाँ अनुभव, कृषि यान्त्रिकीकरण र कृषि व्यवसाय मोडेलमा समावेशीकरण नीति, लैगिंक समानता र सामाजिक समावेशीकरणका अवसर र समस्याहरुका बारेमा छलफल तथा जानकारी दिइएको थियो ।
खासगरी सिसा परियोजनाले कोभिड विशेष कार्यक्रम अन्तरगत कपिलवस्तु जिल्ला सहित ७ जिल्लामा बजार प्रणाली विकासको अवधारणा लागु गर्ने, वित्तिय पहुँचको सुनिश्चितता र लैगिंक समानता र सामाजिक समावेशीकरणमा जोड दिएर महिलाको कम्तीमा ३५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य रहेको कार्यक्रमका संयोजक सागर काफलेले बताउनुभयो । काफलेका अनुसार कृषि क्षेत्रमा कम लागतमा उत्पादन बृद्धि गराउने कार्यमा परियोजनाले प्राथमिकता दिएको बताउनुभयो । परियोजनाले धान, गहुँ, मकै जस्ता अन्नबाली मेसिनले लगाउने प्रविधीको प्रचार प्रसारमा जोड दिइरहेको छ । परियोजनाले हरेक क्षेत्रमा ३५ प्रतिशत युवा महिलाको प्रतिनिधीत्व गराउने लक्ष्य अनुरुप किसान क्रेडिट कार्ड, कृषि यान्त्रिकरण कृषि मेसिनरी खरिदमा सहयोग, मोवाइल मेकानिङ्ग तयार गर्ने संयोजक काफले बताउनुभयो ।
कार्यक्रममा आइडिइ नेपालका प्रतिनिधी, वाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख, सिसा परियोजनाका कार्यक्रम प्रमुख लगाएतले बोलेका थिए । विभिन्न पालिकाबाट सहभागी युवा, महिला, कृषक समुह तथा उद्यमीहरुले आ आफनो जिज्ञासा राखेका थिए । परियोजनाले कोभिडका कारण रोजगारी गुमाई विदेशबाट फर्किएका युवाहरुलाई लक्षित गरेको छ । कार्यक्रम युएसएडको आर्थिक सहयोगमा भएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७८ आइतबार ००:००  ६ : ५२ बजे