२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नेपालको लगातार खराब ब्याटिङ, युएईसँग ९९ रनले पराजित



काठमाण्डौ ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स यूएई सँगको एकदिवसीय क्रिकेटमा नेपाल ९९ रनले पराजित भएको छ ।

यूएईले दिएको दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपाल ओभरमा अलआउट हुँदै एक सय तीन रनमा सीमित भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । यस्तै आरिफ शेख र सोमपाल कामी समान १५-१५ रन बनाएर आउट भए । बलिङतर्फ यूएईका जुनेद सिद्दिकीले चार विकेट लिए । यस्तै काशिफ दाउद र अहमद राजाले समानदुई–दुई विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रन बनायो । यूएईका रोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए । यस्तै मुहम्मद वसीमले ३३, चिराग सुरीले २६ र वृत्य अरविन्दले २४ रन जोडे ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले तीन, करण केसी र सोमपाल कार्मीले दुईरदुई तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी० लाई २ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो । विश्व क्रिकेट लिग–२ मा ११ खेलमा १० अङ्कसहित नेपाल छैटौँ स्थानमा छ । यूएई दोस्रो र पीएनजी पुछारमा रहेको छ । तर लिगमा नेपालले सबैभन्दा कम खेल खेलेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८ सोमबार ००:००  ६ : १२ बजे