८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023

१२ औं कपिलवस्तु महोत्सव : आज गायक शिव परियारको प्रस्तुति रहने



मायादेवी अनलाइन, जितपुर ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भई १३ गतेसम्म सन्चालन हुने १२ औँ कपिलवस्तु महोत्सवमा पाचौँ दिन सोमबार ६ हजार दर्शकले अवलोकन गरेको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । यस्तै करिब १२ लाख बराबरको आर्थिक कारोबार भएको बताउनुभयो ।

महोत्सवमा सोमबार आधुनिक गायक हेमन्त शर्मा, लोक तथा दोहोरी गायक एवम् हास्यकलाकार उज्जल गिरीसहितका स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति राखेका उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो ।

यस्तै चैत्र ८ गते अर्थात मंगलबार चर्चित आधुनिक गायक शिव परियार, लोक तथा दोहोरी गायक दिपक गरौंजा मगरसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ ।

यस्तै सोमबार १० औं कपिलवस्तु डान्स आईडलतर्फ ११ जना प्रतियोगीहरुले नृत्य प्रस्तुत गरेका छन् । जसमध्ये एक जना प्रतियोगी बाहिरिएकी डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार प्रियंका चौधरी प्रतियोगिताबाट बाहिरिएकी हुन् । प्रतियोगिताबाट बाहिरिनेलाई आयोजकले सम्मान स्वरुप प्रसंशा पत्र प्रदान गर्दै आएको छ । प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा प्रतियोगिताबाट बाहिरिने छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८ मंगलबार ००:००  ६ : ०४ बजे