५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राष्ट्रिय जनमोर्चा कपिलवस्तुको अध्यक्षमा वाग्ले



माधब भाट क्षेत्री, कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति कपिलवस्तुको प्रथम भेला जिल्लाको चार नम्बरमा सम्पन्न भएको छ ।

भेलाले हिमलाल वाग्लेको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति कपिलवस्तु गठन गरेको छ ।

समितिको उपाध्यक्षमा बि शंकर पराजुली, सचिवमा कमल खड्का, कोषाध्यक्षमा घनश्याम पोख्रेल, सह–सचिवमा बिमला श्रेष्ठ, त्यसैगरी सदस्यहरुमा रामु पौडेल, भिम बहादुर राहाडी रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै समन्वयका केन्द्रिय प्रतिनिधि दिपक पौडेलले पार्टीको आठौ महाधिवेशनले दक्षिणपन्थी कार्यदिशा निर्धारण गरि वर्तमान भ्रष्ट संसदीय व्यवस्थाको हिस्सेदार बनेर क्रान्तिकारी बिचारहरुलाई त्याग्दै गएको हुनाले दक्षिणपन्थी संसोधनवादका बिरुद्ध सम्झौताहिन संघर्ष गर्नुपर्ने आवश्यक्तामा जोड दिनु भयो ।

साथै अहिलेको गठबन्धनमा समेल हुनु वा सरकारको समर्थन गर्नुले बैचारिक विचलन भएको उहाँले दावी गर्नु भयो ।

पार्टीको गलत नीतिका कारण राष्ट्रिय जनमोर्चाको पुनः गठन गर्नु परेको बताउनु भयो । कार्यक्रममा प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष माधव भाट क्षेत्री, राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितिका केन्द्रिय सदस्य कमल खड्का लगायतले शुभकामना दिनुभएको कार्यक्रम वाग्लेको अध्यक्षता, बि शंकर पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८ मंगलबार ००:००  ५ : ०९ बजे