५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

१२ औँ कपिलवस्तु महोत्सवमा दर्शकहरुको उत्साह, आज आउँदैछन् यी लोकप्रिय कलाकार



मायादेवी अनलाइन, जितपुर

१२ औं कपिलवस्तु महोत्सवमा दर्शकहरुको उत्साह र सहभागिता बढ्दै गएको छ । महोत्सववको सातौ दिन बुधबार १४ हजार दर्शकले अवलोकन गरेको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो ।
महासचिव पौडेलका अनुसार करिब २१ लाख बराबरको आर्थिक कारोबार भएको छ । यसैबिच महोत्सवमा प्रस्तुतिका लागी आउने कलाकारहरुको उपस्थिती दर्शकहरुको ध्यान केन्द्रित गर्न सफल भएको छ । महोत्सव आँठौ दिन आज चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनी, चर्चित आधुनिक गायिका रचना रिमाल, लोक तथा दोहोरी गायिका रिता थापा, रुविना अधिकारीसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने कपिलवस्त्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो ।

यस्तै महोत्सवममा हिजो चर्चित लोक तथा दोहोरी गायक पुस्कल शर्मा, लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी, थारु गायक राज कुस्मीसहित स्थानीय कलाकारले बेजोड प्रस्तुति राखेका थिए

यस्तै बुधबार १० औं कपिलवस्तु डान्स आईडलतर्फ ९ जना प्रतियोगीहरुले नृत्य प्रस्तुत गरेका छन् । जसमध्ये एक जना प्रतियोगी बाहिरिएका डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार विवेक के.सी प्रतियोगिताबाट बाहिरिएका हुन् । प्रतियोगिताबाट बाहिहिनेलाई आयोजकले सम्मान स्वरुप प्रसंशा पत्र प्रदान गर्दै आएको छ ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको महोत्सव चैत्र १३ गते सकिने छ ।

प्रकाशित मिति : १० चैत्र २०७८ बिहिबार ००:००  ७ : ५९ बजे