१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा प्रभावशाली नेता कलवार र अर्यालसहित ८ सय ३४ जना कांग्रेसमा प्रवेश



कपिलवस्तु ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाका प्रभावशाली नेता रामदेव कलवार र स्वतन्त्र नेताका रुपमा रहदै आएका नेता राजु अर्यालसहित ८ सय ३४ जना कांग्रेसमा प्रबेश गरेका छन । कांग्रेस कपिलवस्तुको तौलिहवास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रबेश कार्यक्रममा ती दुबै प्रभावशाली नेता कांग्रेसमा प्रबेश गरेका हुन । कांग्रेस ल्ुुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, पार्टी जिल्ला सभापति अब्दुल कलाम सहितको टोलीले ती दुई नेता सहित नवप्रबेशीलाई पार्टी सदस्यता, खादा र टीका लागएर स्वागत गरेका थिए । नेता कलवार र अर्यालका समर्थकहरु सहित दुबै जना पार्टीका प्रबेश गरेका कांग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरीले जानकारी दिनुभयो ।

नेता कलवार गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखमा २ सय मतले मात्र कांग्रेसबाट निर्वाचित गिरीजेश कुमार पाण्डेयसंग पराजित भएका थिए । यशोधरा– ६ रंगपुरका तत्कालीन गाविस अध्यक्ष समेत रहेका कलवार यस अघि स्वार्गीय भगवान दास गुप्ताको समर्थनमा थिए । कलवारको प्रबेशले यशोधरामा कांग्रेस थप बलियो भएको कांग्रेस नेताहरुले दाबी गरेका छन् । उता गत प्रदेश सभाको निर्वाचनमा कांग्रेस पार्टी त्यागेर स्वतन्त्र उम्मेदवार बनेका राजु अर्यालको पुनःआगमनले कपिलवस्तु नगरपालिकामा समेत कांग्रेस फेरी बलियो बनेको आँकलन गरिएको छ । नव प्रबेशी दुर्बै नेताहरुले आफुहरु निशर्त कांग्रेसमा प्रबेश गरेको र पार्टीले दिने जिम्मेवारी आफुहरुले पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । महामन्त्री सुरेन्द्रराज आचार्यले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा कांग्रेस प्रबेश गर्नेको लहर चलेको बताए । उनले आउने स्थानीय तहको निर्वाचनमा देशभर नै कांग्रेस हाबी हुने दाबी गरे ।

उनले कांग्रेस एकबद्ध भए कांगैसलाई कसैले हराउन नसक्ने भन्दै उनले गाउ गाउ जाउ कांग्रेसलाई जिताउ अभियानलाई प्रभावकारीरुपमा अघि बढाउन आग्रह गरे । पुर्व केन्द्रिय सदस्य राजेश सिंहले कांग्रेसले कपिलवस्तुमा १० वटै पालिकामा जित्ने दाबी गरे । पार्टी जिल्ला सभापति अब्दुल कलामले जिल्लामा कांग्रेसको महोल राम्रो बन्दै गएको बताए ।

उनले पार्टी नेता र कार्यकर्ताहरुलाई अझ मिहीनेत र ईमान्दारी पुर्वक लाग्न आग्रह गरे । पार्टी अध्यक्ष अब्दुल कलाम खाको अध्यक्षता, सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष हुमाकान्त खनाल नेता कमलेश कुमार शर्मा क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ, नगर अध्यक्ष खुर्सेद अहमद खाँ लगायतले शुभकामना मन्तब्य दिदै गाउँ गाउँ जाउँ कांग्रेस जिताऊ अभियानलाई तीब्रता दिनु पर्ने बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७८ शुक्रबार ००:००  ७ : ०३ बजे