५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शिवगढी बैठकः प्रस्ताव अल्पमतमा परे पछि केन्द्रीय सदस्य फकाउँदै विप्लव



काठमाडौं ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी बैठक बस्न सकेन छैन । बिहीबार महासचिव विप्लवले चुनावमा सहभागी हुनेसहितको राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राखी सकेका थिए ।

शुक्रवार महासचिव विप्लवले बैठकमा उठेका प्रश्नसहित राजनीतिक प्रतिवेदनबारे स्पष्टिकरण दिने कार्यसूची थियो । तर, बैठक सुरु हुन नसकेको जनाइएको छ । बैठक सुरु नभएपछि नेताहरु गहुँ काटेर समय बिताउन थालेका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार महासचिव विप्लवको प्रस्ताव अल्पमतमा परेपछि शुक्रबार बिहानैबाट चुनाव उपयोगको विपक्षमा बोल्ने केन्द्रीय सदस्यहरुले अलग अलग छलफल गरिरहेका छन् । छलफलमा विप्लवले आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । ‘चुनाव उपयोगको विपक्षमा बहुमत भएपछि महासचिव कमरेडले बैठक रोकर एक–एक जनालाई बोलाउँदै सहयोग गर्नुस् भनिरहनुभएको छ । पार्टी चुनावमा नगए जनताबाट कट्ने भन्नुभएको छ, तर हामीले बैठकमा राखेको धारणा पनि उहासँगको छलफलमा पनि भनिरहेका छौं’ एक केन्द्रीय सदस्यले भने ।

विप्लवसँगको छलफलपछि उनले पत्रकारसङ्ग कुरा गर्दै विप्लवको तरिका आफूलाई ठिक नलागेको उनले बताए । यसअघि काठमाडौँमा बसेको सचिवलाय बैठकमा सन्तोष बुढामगरले पनि चुनाव उपयोगको विपक्षमा बोलेका थिए । विप्लवले बैठक स्थगित गरेर बुढालाई आफ्नै गाडीमा कपिलवस्तु पर्याएका थिए । कपिलवस्तु पुगेपछि बुढाले चुनाव उपयोगको पक्षमा उभिएका थिए । बैठक रोकेर चुनाव उपयोगको विपक्षमा धारणा राखेका केन्द्रीय सदस्यहरुलाई विप्लवले विश्वासन दिने गरेको एक नेताले बताए । विप्लवले जसरी पनि आफ्नो प्रतिवेदनको पक्षमा बहुमत पुर्याउन जुटेका छन् । बैठक रोकेर विप्लव बहिस्कारको पक्षमा उभिएका नेताहरुसँगै गहुँ काट्न जाने, सँगै खान खाने गरिरहेका छन् । उनले विचारभन्दा पनि भावनात्मक कुरा गरिरहेको एक केन्द्रीय सदस्यले बताएका छन् । अल्पमतमा परेको प्रस्ताव फिर्ता नलिएपछि विद्रोह गर्ने एक नेताले बताए । कुल ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जनाले चुनाव उपयोगको विपक्षमा धारणा राखेका थिए भने चारै जना सल्लाहकारले पनि वहिस्कारको पक्षमा धारणा राखेका थिए । सल्लाहकारसहित ७२ जनाले बैठकमा धारणा राखेका थिए । जसमा ४४ जनाले चुनाव बहिस्कारको पक्षमा र २४ जनाले उपयोगको पक्षमा र बाँकीले कतैपनि धारणा राखेका थिएनन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८ शनिबार ००:००  ७ : ५७ बजे