८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रुकुम पश्चिममा तीन दिनदेखि हराइरहेका युवाको शव भेटियो



रुकुम पश्चिम ।

तीन दिनदेखि हराइरहेका एक युवाको शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका १ पातुखोलामा आज बिहान शव भेटिएको हो।

बाँफिकोट गाउँपालिका ८ घर भएका अन्दाजी १७ वर्षका करण पुन मगरको आज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार पालुखोलामा रहेको बङ्गुरफर्मभन्दा माथिको भिरमा उनको शव भेटिएको हो। मगरको भिरबाट खसेर ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।

पातुखोलामा रहेको फुपुको घरमा बस्दै आएका करण गएको १० गतेदेखि हराएका थिए। कक्षा १० मा अध्ययनरत करणको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो।

प्रकाशित मिति : १२ चैत्र २०७८ शनिबार ००:००  २ : ४३ बजे