५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

१२ औं कपिलवस्तु महोत्सवको समापन गर्न पूर्वमन्त्री बस्नेत आउदैं



कपिलवस्तु ।

१२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको समापन गर्न पूर्वमन्त्री महेश बस्नेत आउनुहुने भएको छ । नेकपा एमालेका सांसद तथा युवा नेता बस्नेत भोलि आईतबार महोत्सवको समापन गर्न कपिलवस्तु आउन लाग्नुभएको हो ।

भोलि दिउँसो १ बजे पूर्वमन्त्री बस्नेत महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु आउन लाग्नुभएको महोत्सवका निर्देशक समेत रहनुभएको कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले जानकारी दिनुभयो ।

समापन कार्यक्रमका लागी तीब्र रुपमा तयारी भईरहेको उहाँको भनाई छ ।

महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री बाल कृष्ण खाँणले गर्नुभएको थियो । गृहमन्त्री खाँणले चैत्र ३ गते महोत्सवको उद्घाटन गर्नुभएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७८ शनिबार ००:००  ३ : २३ बजे