४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

झन्डै ६ करोड खर्चेर बनाइयो रोल्पामा ‘टावर’



दाङ ।
रोल्पामा झन्डै ६ करोड लगानीमा टावर निर्माण गरिएको छ।

रोल्पा नगरपालिकाको लगानीमा वडा नम्बर ३ सातदोबाटोको डाँडोमा टावर निर्माण गरिएको हो।

‘जनयुद्ध’ स्मृति टावर निर्माण गर्न पाँच करोड ७१ लाखमा टेन्डर आह्वान भएको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले बताए।

नगरपालिकाको लगानीमा निर्माण भएको टावरको अगाडि ०५२ फागुन १ गते ‘जनयुद्ध’ सुरु हुँदा सार्वजनिक पहिलो पोष्टरबाट दुई वटा शालिक निर्माण गरिएका छन्।

रोल्पाभर सहादत प्राप्त गरेका ७६२ र राज्य पक्षबाट बेपत्ता पारिएका थप १६५ गरी कूल ९४६ जनाको स्मृतिमा टावर नजिकै अर्को शालिक निर्माण उनले बताए।

‘रोल्पा जनयुद्धको उद्गम स्थल हो र जनयुद्ध स्मृति टावरले युद्ध पर्यटनको विकासमा मद्दत गर्न सक्छ भन्ने हाम्रो बुझाइ छ,’ मेयर केसीले भने।

पहाडको डाँडोमा किन टावर चाहियो भनेर आलोचना हुने गरेको प्रश्नमा उनले भने, ‘यो टावर नगरपालिकाको आयआर्जनको माध्यम बन्न सक्छ। मासिक दुई लाख आउने गरी टेन्डर आह्वान गरेर व्यवस्थापन गर्न लागिएको छ।’

प्रकाशित मिति : १४ चैत्र २०७८ सोमबार ००:००  २ : ३४ बजे