१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

राप्रपा अध्यक्ष लिङ्देन आज कपिलवस्तु आउँदै



कपिलवस्तु ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष आज कपिलवस्तु आउनु हुने भएको छ । राप्रपा कपिलवस्तुले आयोजना गरेको बाणगंगाको चारनम्बर जीतपुरमा हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष लिङ्देन आज कपिलवस्तु आउनु लाग्नु भएको हो ।

अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगंज उप–महानगरपालिका मेयर डा धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयसहितका नेता आज भोलि कपिलवस्तु आउन लागेको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनसार सोही आमसभामा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नवप्रवेशीहरुलाई अध्यक्ष लिङ्देनले स्वागत गर्नु हुने छ । केन्द्रिय सदस्य रायमाझीले आमसभामा सहभागी हुन सम्पूर्ण जिल्लावासीलाई आह्वान समेत गर्नुभएको छ । अध्यक्ष लिङ्देन कपिलवस्तु आउने कार्यक्रम तय भएपछि त्यसको लागी तयारी तीब्र रुपमा अघि बढिरहेको उहाँले बताउनुभयो ।कपिलवस्तुमा अध्यक्ष लिङ्देनको आगमनले पार्टी थप सुदृढ हुने उहाँले दाबी गर्नुभएको छ । अध्यक्ष लिङ्देनको कपिलवस्तु आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनसंगै कपिलवस्तुमा केन्द्रिय स्तरका नेताको चहलपहल बढ्दै गएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८ बुधबार ००:००  ६ : ०२ बजे