६ असार २०८३, शनिबार | Sat Jun 20 2026

लुम्बिनीका ५ सहित ४३ जिल्लामा भूमि आयोग गठन



काठमाण्डौ ।

सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ।
प्रदेश नम्बर १ का चार, मधेशका ८, बागमतीका ५, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ८ र सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष तोकिएका छन्।

भूमि आयोगका जिल्ला अध्यक्ष तोकिएकाहरू सत्तारूढ गठबन्धनभित्र रहेका दलका जिल्लास्तरीय नेताहरू रहेका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठक भूमि आयोगका अध्यक्ष तोक्ने निर्णय गरेको थियो।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई बिहीबार नै सपथ खुवाइसकेका छन्।

मन्त्री श्रेष्ठले जतिसक्दो छिटो काम गर्न नवनियुक्त अध्यक्षहरूलाई आग्रह गरेकी थिइन्। उनले केही समयभित्रै सुकुम्बासीलाई लालपूर्जा दिने गरी तयारी भइरहेको बताइन्।

यसअघि सरकारले २८ जिल्लामा भूमि आयोग गठन गरेको थियो।

प्रकाशित मिति : १८ चैत्र २०७८ शुक्रबार ००:००  ८ : १० बजे