२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

पार्टीलाई कमजोर बनाउनेहरु बाहिरिंदा राम्रोः प्रकाशमान



काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरु पार्टीमा बस्नुभन्दा बाहिरिंदा राम्रो हुने बताएका छन् । आज नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै निर्णय नमान्नेहरुलाई पार्टी छाड्न भनेका हुन् । चुनावमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्ट नेता–कार्यकर्ताहरुलाई लक्षित गर्दै उनले सो धारणा राखेका हुन् ।

कांग्रेस केन्द्रीय समिति बैठकले आगामी चुनावमा गठबन्धन गर्ने निर्णय गरे पनि शेखर कोइराला पक्षका केही नेताहरुले गठबन्धन गर्न नहुने बताउँदै आएका छन् ।

कार्यक्रममा नेता सिंहले यसपटक चुनावमा कांग्रेसका नेता–कार्यकर्ताको गतिविधिको एक–एक हिसाब हुने समेत बताए । विगतका निर्वाचनमा पनि अन्तरघात हुने गरेको थियो । अन्तरघात गर्नेहरुलाई कांग्रेसले कारबाहीसमेत गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८ शुक्रबार ००:००  २ : १३ बजे