४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने



काठमाण्डौ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । देउवा नयाँ दिल्ली प्रस्थान गरेसँगै उहाँले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री बालकृष्ण खाणले गर्नुहुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने गरी तोक्नुभएको हो ।
नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम सम्हाल्ने गरी मन्त्री खाणलाई राष्ट्रपति भण्डारीले तोक्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८ शुक्रबार ००:००  ३ : १९ बजे