५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तुलसीपुरबाट लागुऔषध कारोबार गरेको आरोपमा ३ जना पक्राउ



दाङ ।

दाडको तुलसीपुरमा लागुऔषध सेवन तथा कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा तुलसीपुर–५ का १९ वर्षीय किरण बुढाथोकी, सोही ठाउँका १८ वर्षीय सन्तोष बस्नेत र घोराही उपमहानगरपालिका २ का २५ वर्षीय अनिष डाँगी पक्राउ गरेको हो ।

पक्राउ परेका अनिषले तुलसीपुर–५ बसपार्कको रुकमेली ठाडा ढुंगा होटेलमा कोठा लिएर लागुऔषध कारोबार गर्ने गरेको खुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनीहरुको साथबाट कालो प्लाष्टिकसहित ३ सय ७० मिलिग्राम खैरो हेरोइन, तीन थान मोबाइल र नगद ४ हजारसमेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८ शुक्रबार ००:००  ४ : २९ बजे