५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

दीपेन्द्रसिंह ऐरीको शतक, मलेसियाले पायो २२४ रनको लक्ष्य



काठमाण्डौँ ।
दीपेन्द्रसिंह ऐरीको शतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । ५७ बल खेलेका उनले १० चौका र ६ छक्काको सहयोगमा नट आउट ११० रन बनाए । दीपेन्द्रको यो टी–ट्वान्टी अन्तर्राष्ट्रिय पहिलो शतक हो । नेपालका लागि रोहित कुमार पौड्यलले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । ३४ बल खेलेका उनले ५ चौका प्रहार गरे । रोहितलाई मोहमद आमिरले क्याच आउट गराए ।

रोहितको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशतक हो । नेपालका आदिल अन्सारीले १४ रनको योगदान गरे । आदिल रन आउट भए । यसअघि ननेपालले आरिफ शेख चौथो विकेटको रूपमा पेवेलियन फर्किए । उनलाई सायजरुल इदुरुसले बोल्ड आउट गराएका थिए । तेस्रो ओभरको तेस्रो बलमा अफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेललाई मलेसियाका मोहम्द वाफिकले १२ रनमा एलबीडब्लू आउट गराए ।

नेपालले चौथो ओभरको दोस्रो बलमा आफ्नो दोस्रो विकेग गुमायो । नेपालका आसिफ शेखलाई पवनदीप सिंहले १८ रनमा क्याच आउट गराए । आजको खेल मलेसियाका लागि निकै महत्त्वपूर्ण छ । मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । मलेसिया पराजित भएमा फाइनलमा पीएनजीले स्थान बनाउनेछ । त्यसैले पनि आजको खेल मलेसियाका लागि निकै महत्त्वपूर्ण छ । फाइनल पुग्न मलेसियालाई दबाब पनि हुनेछ । यता नेपाल पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा अपराजित भएर फाइनल पुग्ने योजनामा छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८ शनिबार ००:००  २ : २८ बजे