१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाललाई राहत हुने गरी भारतले तोक्यो बिजुलीको मूल्य




काठमाडौं । भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ । भारतको ‘डे अहेड’मार्केटमा अब प्रतिनियुट अधिकतम् भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने छ ।

यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि बिजुली किन्दै आएको छ । भारतको विद्युत नियमन आयोगले यसअघि प्रतिनियुट भारु २०मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई भारु १२मा झारेको हो । एक निर्देशन जारी गर्दै बिजुली महंगोमा किनबेच हुँदा पर्नसक्ने असररुहलाई न्युन गर्न मूल्यको सीमा घटाइएको आयोगले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता तथा भार प्रेषण केन्द्रका प्रमुख सुरेश बहादुर भट्टराईका अनुसार अब भारतबाट भारु १२सम्म ‘बिड’ ९बोलकबोल० गरेर विद्युत खरिद गर्न सकिनेछ ।

रुस(युक्रेन युद्धका कारण भारतका काइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको छ । यसका कारण अभावको अवस्था रहेपछि भारतको प्रतिस्पर्धी बजारमा बिजुलीको मूल्य प्रतियुनिट २० रुपैयाँसम्म पुगेको छ ।

अब भने भारु १२ भन्दा बढ्न नपाइने व्यवस्था भएकाले अत्यावश्यक बेलमा नेपालले प्रतियुनिट २२ रुपैयाँसम्म बिजुली किन्न सक्ने अवस्था आएको प्रवक्ता भट्टराईले बताए । यसअघि ३८ रुपैयाँ बिड गर्दा पनि प्राधिकरणलाई बिजुली पाउन मुस्किल पर्दै आएको थियो । यसैका कारण उद्योगहरुमा बिजुली कटैती थालिएको थियो ।
प्रवक्ता भट्टराईका अनुसार पछिल्ला दिनमा सक्दो बढी आपूर्ति गरेर उद्योगमा लाइन काट्न छाडिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८ शनिबार ००:००  २ : ३३ बजे