४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

एमालेको सिंगो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश



रुकुम पूर्व ।
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ मा एमालेको वडा कमिटीनै मा‍ओदीमा लागेको छ । राससका अनुसार यसअघि विवादका कारण एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो ।

अहिले त्यहीँ सिङ्गो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं रुकुम पूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए । उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेको वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्य टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सूर्यमान पुन, भरण विक, धनलब बुढा रहेका छन् ।

उनीहरू सबैलाई जिल्ला इन्चार्ज ओली र पार्टी गाउँ सङ्गठन समितिका इन्चार्ज जिताराम कामीले फूलमाला, अविर तथा खादा ओढाएर पार्टी प्रवेश गराएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८ आइतबार ००:००  ९ : ४८ बजे