११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

जिमेल भरियो ? यसरी खाली गर्नुहोस्



काठमाडौँ ।
गुगलले आफ्ना प्रयोगकर्ताका लागि गुगल ड्राइभ उपलब्ध गराउँछ । डाइभमा कम्पनीले १५ जीबीसम्म निःशुल्क क्लाउड स्टोरेजको सुविधा दिन्छ। यस्तो स्टोरेज सेवा जीमेल, गुगल फोटो, गुगल ड्राइभलगायतका लागि प्रयोग गर्न सकिन्छ ।

ड्राइभमा फोटो तथा डकुमेन्ट लगायतका सामाग्रीहरू संग्रह गर्न सकिन्छ । प्रयोग गर्दै जाँदा गुगल ड्राइभको स्टोरेज भएर कतिपय अवस्थामा इमेल आउने समेत रोकिन्छ ।

फोटो तथा अन्य ठूला साइजको डकुमेन्ट आदान प्रदान गर्दा यसको ड्राइभ स्टोरेज सकिने समस्या हुन्छ ।

प्रयोगकर्ताले आफ्नो गुगल फोटोको स्टोरेज सकिन कति भरियो भनेर यहाँ गएर हेर्न सकिन्छ । यसमा तपाईको ड्राइभको स्टोरेज कति बाँकी छ भनेर ठ्याक्कै पत्ता लगाउन सकिन्छ।

यहँ तपाईंलाई जिमेलमा भएको स्टोरेज कसरी खाली गर्ने भनेर जानकारी दिइएको छ ।

ड्राइभ फुल भएमा कसरी खाली गर्ने ?

गुगल ड्राइभ स्टोरेज फुल भएपछि प्रयोगकर्ताहरूले यसका लागि तपाईले पहिले जीमेल एप खोल्नुहोस् । यसमा, सर्च बारमा जानुहोस् र “has:attachment larger:10M” टाइप गर्नुहोस्। यसले यी सबै इमेलहरू देखाउनेछ जसको साइज १० एमबी भन्दा बढी छ। यदि तपाईं अझ ठूलो साइजको इमेल मेटाउन चाहनुहुन्छ भने तपाईंले १० सट्टा १५ वा २० अंकमा लेख्न सक्नुहुन्छ । यसमा त्यहीँ साइजका इमेल देखाउनेछ।

तपाईंको इमेलमा भएका ठूला साइजको नचाहिने फाइल डिलिट गर्नुहोस् । यसबाट पनि तपाईंको ड्राइभको स्टोरेज कम गर्न सकिन्छ। यसका साथै सिधै गुगल ड्राइभमा गएर नचाहिने फाइल तथा फोटोहरू डिलिट गर्नुहोस् ।

प्रकाशित मिति : २० चैत्र २०७८ आइतबार ००:००  १२ : ४६ बजे