१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्थानीय चुनावमा गठबन्धन गर्न नहुने कांग्रेस कपिलवस्तु नगर समितिको सुझाव



कपिलवस्तु ।

कांग्रेस कपिलवस्तु नगरपालिका नगर कार्य समितिले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लडनु पर्ने निर्णय गरेको छ । अन्य दलसंग गठबन्धन र तालमेलका बिषयमा कांग्रेस कपिलवस्तको तौलिहवा स्थित पार्टी कार्यालयमा संपन्न बैठकमा नगर कार्य समिति र १२ वटै वडामा वडा समिति अध्यक्षले गठबन्धन गर्न नहुने बताएका हुन । नगर कार्य समिति, र वडा समितका अध्यक्ष सहीतको बैठकले अन्य दलहरुसंग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानु पनेै राय आएको नगर अध्यक्ष खुर्सेद अहमद खाँले बताए । मेयर, उप मेयर, वडाध्यक्ष र वडा सदस्य सहीत कुनै पनि पदमा अन्य दलसंग गठबन्धन नगरी एक्लै चुनाव लडने र आफनो आधिकारीक उम्मेदवारलाई जिताउने निर्णय भएको उनले बताए ।

उनले ईमान्दारीसंग एकबद्ध भई कांग्रेस लागेमा यस पाली पनि कांग्रेस बिजयी हुने उनले बताए । सो अवसमरमा महाधिबेशन प्रतिनिधि तथा पार्टीको प्रदेश सदस्य रबि ठाकुरले अझै गहिरो बिश्लेषण र अध्ययन गरी मात्र गठबन्धन गर्न हुने वा नहुने निाणर््य लिनु पर्ने बताए । उनले अहिले अवस्था र परिस्थितिको अध्ययन गरिनु पर्ने बताए । उनले आफना पार्टीकमा नेता र उम्मेदवारहरुको कांगैस नेताहरुले नै चोक चौराहामा टीका टिप्पणी गर्ने गरिएकाले यस्ता कार्य तुरुन्त बन्न्द गर्नु पर्ने बताए ।

सो अवसरमा नेता रामआषिष पाण्डेयले कांग्रेस एकबद्ध भई आफनो आधिकारिक उम्मेदवारलाई जिताउनु पर्ने बताए । नगर अध्यक्ष खुर्सेद अकमद खाको अध्यक्षता र सचिव नगेन्द्र यादवको संचालनमा भएको कार्यक्रममा नेता मोहन दाहाल लागतयकाले मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८ आइतबार ००:००  ७ : ०३ बजे