२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सल्यानमा जिप दुर्घटना : भाइको मृत्यु, दाजु घाइते



सल्यान ।

सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक सामान्य घाइते छन्।

शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षका नारायण वलीको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।

दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीबाट १५ मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ।

उक्त जिपका चालक २१ वर्षका थलराज वली हुन्। दुर्घटनामा उनी पनि घाइते छन्। मृत्यु भएका नारायण उनका भाइ हुन्।

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दुर्घटनामा भाइको मृत्यु र चालकसमेत रहेका दाजु सामान्य घाइते छन्। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुलेको छैन।

प्रकाशित मिति : २२ चैत्र २०७८ मंगलबार ००:००  ७ : ३९ बजे