१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पञ्जाबसँगको खेलमा गुजरातको रोमाञ्चक जित



काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । गएराति मुम्बईमा भएको खेलमा गुजरातले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हरायो। पञ्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । गुजरातका सुबमन गिलले ९६ रनको अर्धशतकीय पारी खेले ।

अन्तिम ओभरमा गुजरातलाई १९ रन आवश्यकता थियो । राहुल टेवाटियाले दुई छक्का र डेभिड मिल्लरले एक चौका हानेपछि गुजरातले रोमाञ्चक जित निकालेको हो । पञ्जाबका कागिसो राबडाले दुई तथा राहुल चाहरले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । पञ्जाबका लियाम लिभिङस्टोनले ६४ रनको अर्धशतकीय पारी खेले ।

गुजरातका रासिद खानले तीन तथा दर्शन नालकान्डेले दुई विकेट लिए । जितसँगै तीन खेलमा ६ अङ्क जोडेको गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाबको यो दोस्रो हार हो। पञ्जाब ४ खेलमा दुई अङ्कका साथ छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८ शनिबार ००:००  ८ : २० बजे