११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

आईपीएल क्रिकेटमा दिल्लीद्धारा कोलकाता पराजित



काठमाडौं ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४४ रनले हराएको छ ।

मुम्बईमा दिल्लीले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको कोलकाता तीन बल बाँकी छँदै एक सय ७१ रन बनाउँदा अलआउट भयो । कोलकत्ताका श्रेयर अय्यरले सर्वाधिक ५४ रन बनाए । यस्तै नितिश रानाले ३० रन जोडे । बलिङतर्फ दिल्लीका कुलदीप यादवले चार र खालिल अहमदले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले पाँच विकेट गुमाएर दुई सय १५ रन बनायो । उसका लागि डेभिड वार्नरले ६१ र पृथ्वी शावले ५१ रन बनाए । बलिङतर्फ कोलकाताका सुनिल नरायनले दुई विकेट लिए ।

आजको खेल हारेको कोलकाता पाँच खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा कायमै छ, दिल्ली भने चार खेलमा चार अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८ सोमबार ००:००  ७ : ०० बजे